सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रुस-युक्रेन युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकाले के भन्यो ?

सोमबार, ०८ मङ्सिर २०८२, ०७ : ४२
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनालाई अन्तिम रूप दिन वार्ता सकारात्मक भइरहेको छ।
  • अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जेनेभामा युक्रेनी र युरोपेली वार्ताकारहरूसँगको छलफलपछि यस्तो बताएका हुन्।
  • युक्रेन र उसका सहयोगीहरूले प्रस्तावहरूप्रति चिन्ता व्यक्त गरेका छन्, जसलाई रुसको पक्षमा मानिएको छ।

काठमाडौँ । रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकाद्वारा प्रस्तावित शान्ति योजनालाई अन्तिम रूप दिन भइरहेको वार्ता सकारात्मक भएको समाचारमा जनाइएको छ। 

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यसबारे जानकारी गराएका छन्। रुबियोले स्विट्जरल्याण्डको जेनेभामा युक्रेनी र युरोपेली वार्ताकारहरूसँगको छलफलपछि वार्ता सकारात्मक भएको र  अझै केही काम बाँकी रहेको बताए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले युक्रेनको कुरा सुनिरहेको भन्ने संकेत आफूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट समेत पाएको रुबियोको भनाइ छ । 

युक्रेन र उसका युरोपेली सहयोगीहरूले सार्वजनिक भएका प्रस्तावहरूप्रति चिन्ता व्यक्त गरेका थिए। यी प्रस्तावहरू रुसको पक्षमा रहेको मानिएको छ भने भ्लादिमिर पुटिनले यसलाई 'समाधानको आधार' भन्दै स्वागत गरेका थिए।

तर जेलेन्स्कीले युक्रेनले 'निकै कठिन छनोट' को सामना गर्नुपर्ने हुन सक्ने बताएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप