कांग्रेस विवाद : संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेटे महाधिवेशन पक्षधरलाई
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले महाधिवेशन पक्षधरहरूसँग भेटघाट गरेका छन् । सोमबार बिहान महाराजगञ्जमा संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले संस्थापन पक्षधरहरूलाई भेटेर आफूहरूले केन्द्रीय कार्यालयमा दर्ता गराएमा मागबारे छलफल गरेका हुन् ।
संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा मंसिरमा १५ औँ महाधिवेशनको प्रक्रिया मंसिर मसान्तसम्म सुरु गरी पुस मसान्तसम्म सक्नुपर्ने लगायतका ७ बुँदे माग दर्ता गराएका थिए । तीनै मागमा समर्थन जुटाउन पार्टीभित्रका सबै पक्षसंग भेटिरहेका उनीहरूले सोमबार महाधिवेशन पक्षधरलाई भेटेका हुन् ।
भेटमा उनीहरूले महाधिवेशन पक्षधरलाई नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । ‘बिहान महाधिवेशन पक्षधरलाई भेट्यौँ । भेटमा हामीले राखेको मंसिरमा महाधिवेशन प्रक्रिया सुरु गरी नियमित महाधिवेशन पुस मसान्तसम्म सक्ने मागमा समर्थन जनाउन आग्रह गर्यौँ,’ भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले रातोपाटीसँग भने, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ । विधान अनुसार आफूहरूले विशेष महाधिवेशन माग गरेकाले पूरा गर्नुपर्ने भनाइ उहाँहरूको रह्यो ।’
मंसिर ११ गते केन्द्रीय कार्यासमिति बैठक रहेकाले त्यसदिन महाधिवेशनको तालिकासहितको मिति आउने भन्दै त्यो दिनसम्मका लागि विशेष महाधिवेशनबारे गतिविधि उनीहरूले माग गरेका छन् । ‘११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको तालिका ल्याउँछ । त्यसदिनसम्म विशेष महाधिवेशनसम्बन्धी क्रियाकलाप नगर्नुस् भन्यौँ,’ शेर्पाले भने ।
भेटमा विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ जनाको हस्ताक्षर बुझाउने कार्यको नेतृत्व गरेका गुरु घिमिरे, देवराज चालिसे, रमेश धमला, बलदेव तिमिल्सिनासहित थिए । संस्थापन पक्षमा उदयशमशेर राणा, डिला संग्रौला, चीनकाजी श्रेष्ठलगायत २५ केन्द्रीय सदस्य नै थिए ।
महाधिवेशन पक्षधरले पुस मसान्तसम्म नियमित महाधिवेशन भएमा आफूहरू विशेष महाधिवेशन नभन्ने बताएका थिए । तर, तालिका ल्याएपछि हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त मान्य नहुने उनीहरूको भनाइ थियो ।
संस्थापन पक्षले तीन तहको अधिवेशन गराएर भए पनि नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका थिए ।
कांग्रेसमा महाधिवशेन फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद छ । महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवशेन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । थापाको प्रस्तावलाई इतर समूहले र यादवको प्रस्तावलाई संस्थापनले समर्थन गरेपछि कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण