सुदूरपश्चिमको खराब सुरुवात, १० ओभरमा ४ विकेट गुमाउँदा ५३ रन
सोमबार, ०८ मङ्सिर २०८२, १६ : ५८
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङमा आएको सुदूरले १० ओभरमा ५३ रन बनाउँदा ४ विकेट गुमाएको हो ।
चौथो विकेटको रुपमा इशान पाण्डे रन आउट भएका हुन् । उनले २ बलमा २ रन मात्रै बनाए । त्यसअघि स्पिनर युवराज खत्रीले सुदूरपश्चिमका महत्वपूर्ण खेलाडी क्रिस लिनको विकेट लिएका थिए । लिनले २० बलमा १८ रन बनाए ।
सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए । यस्तै कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण