प्रहरी अनुसन्धानको निष्कर्षः टीओबीका कमान्डर तेन्जिङको आर्थिक अवस्था सामान्य
सारांश
- प्रहरी अनुसन्धानले जेनजी प्रदर्शनमा आतंक मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको निष्कर्ष निकालेको छ।
- तेन्जिङलाई सौतेनी फूपूदिदीले लालनपालन गरेको र उनले ट्याटु हाउसबाट पैसा कमाउने गरेको खुलेको छ।
- टीओबी समूहका सदस्यहरूले हाकिमलाई रोलमोडल मान्ने र उनीहरू जेनजी प्रदर्शनमा संलग्न भएको अनुसन्धानबाट देखिएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतंक मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ ।
नागरिकता, राहदानी, लिखतसम्बन्धी कसुर र लागुऔषध मुद्दामा थुनामा रहेका तेन्जिङको आर्थिक अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
सन् २००७ सम्म तेन्जिङलाई पढ्ने, खाने र बस्ने व्यवस्था कुङगा डोल्माले गरेको भेटिएको छ । उनी तेन्जिङकी सौतेनी फूपूदिदी हुन् । डेढ वर्षदेखि डोल्माले उनको लालनपालन गरेकी अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तेन्जिङ तिब्बतियन भएका प्रहरी अनुसन्धानको निष्कर्ष छ । सन् २००७ पछि भने उनी आफ्ना हजुरबुवासँग बसेका थिए ।
सन् २०१७ मा तेन्जिङले बौद्धमा ‘टीओबी ट्याटु हाउस’ खोले । त्यसबेला पनि डोल्माले नै उनलाई ४० हजार लगानी गरिदिइन् । त्यही ट्याटु हाउसबाट आर्जित रकमबाट तेन्जिङले आफ्नो दैनिकी चलाउँथे । पछिल्ला तीन वर्षदेखि भने उनी बस्ने डेराको भाडासमेत डोल्माले नै बेहोर्दै आएकी थिइन् ।
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले उच्छृङखल गतिविधि गरेको थियो । काठमाडौँको चुच्चेपाटी र बानेश्वरमा देखिएका त्यस्ता १४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । चालकहरूलाई भने सोधपुछ गरेर प्रहरीले ‘तारेख’मा छाडेको थियो ।
तेन्जिङलाई प्रहरीले सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरेर अभियोजन गरेको थियो । उनले अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले तोकेको ७ हजार ५ सय रुपैयाँ धरौटी बुझाएका छन् । तेन्जिङको जन्मदर्ता र नागरिकता पनि शंकास्पद देखिएको छ, त्यसबारे प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
टीओबी कसरी प्रदर्शनमा जोडियो ?
टीओबीको अर्थ ‘तिब्बतियन ओर्जिनल ब्लड’ भनिएको छ । कमान्डर तेन्जिङ भए पनि टीओबीका सदस्यहरूले सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने गर्छन् । टीओबीमा ५७ जना सदस्य रहेको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । सोमबार जिल्ला प्रहरी परिसर भद्रकालीमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी थापाले भने, ‘टीओबी २०२४ जुन १० मा स्थापना भएको देखिन्छ ।’
सामाजिक सेवा प्रदान गर्ने र घुम्ने उद्देश्यले टीओबी गठन भएको थियो । बौद्धस्थित फुलबारी कम्प्लेक्समा सन् २०१७ देखि तेन्जिङले ‘टीओबी ट्याटु हाउस’ चलाउँथे । तिनै तेन्जिङले कमान्ड गरेको समूहको नाम ‘दि ओर्जिनल ब्रदर्श’ राख्ने सल्लाह हाकिमले दिएका थिए । हाकिम र्यापर हुन् । कतिपय टीओबीका सदस्यहरूले टिसर्टमा ‘हाकिम’ पनि लेख्ने गरेका छन् ।
भदौ २३ मा को प्रदर्शनमा ३१ जना टीओबीका सदस्यहरू संलग्न थिए, उनीहरू अधिकांश विद्यार्थी रहेका प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
उनीहरू ‘टीओबी ब्लड’ नामको ह्वाट्सएप समूहमा आबद्ध छन् । टीओबीका सदस्य सोनाम शेर्पाले उनीहरूको ह्वाट्सएप ग्रुपमा भदौ २२ मा लेखेका थिए, ‘भोलिको जेनजी प्रदर्शनमा हामी सहभागी हुन्छौं ।’ त्यसपछि उनीहरू प्रदर्शनमा सहभागी भएका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी भट्टराईले जानकारी दिए । उनीहरूले इन्स्टामा ‘टीओबी एमसी’ नामको ग्रुप पनि चलाएका छन् ।
डेढ वर्षदेखि राइडमा संलग्न उनीहरू २० वटा मोटरसाइकलमा ३१ जना संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रदर्शनमा देखिएका १४ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण