महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए
सोमबार, ०८ मङ्सिर २०८२, १८ : ५५
सारांश
- महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन्, निर्वाचन कार्यालयले जनाएको छ।
- फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा उल्लेख्य मतदाता थपिए।
- अनलाइनमार्फत पनि मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको थियो।
महोत्तरी । महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।
कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए ।
यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनमार्फत नामावली दर्ता गराएका छन्, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिइन् ।
दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण