बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

सोमबार, ०८ मङ्सिर २०८२, १९ : ५९
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • भोजपुर कारागारका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरियो।
  • जिल्ला प्रशासन कार्यालयको टोलीले २४ जना कैदीबन्दीलाई कार्ड दियो।

भोजपुर । यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई साेमबार कार्ड प्रदान गरेकाे हाे ।

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलाई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप