बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘बिक्रम’ को छायाङ्कन लण्डनबाट सुरु

मङ्गलबार, ०९ मङ्सिर २०८२, ०२ : ५८
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • नयाँ नेपाली फिल्म 'बिक्रम' को छायाङ्कन बेलायतको लन्डनमा सुरु भएको छ।
  • फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा बन्दैछ।
  • सलोन बस्नेत, नादेशि हप्किन्स र अन्य कलाकारहरू फिल्ममा मुख्य भूमिकामा छन्।

काठमाडौँ। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’ को छायाङ्कन सुरु भएको छ। फिल्मको छायाङ्कन 

आइतबारबाट बेलायतको लन्डनदेखि सुरु भएको हो ।

फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन्।

फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल न्यौपानेको कम्पनी हो ।

अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशी,सनम कुमार बैरागीको अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भूमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डि.ओ.पी र ईश्वर सिन्केमानाको छायाङ्कन रहनेछ। फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् । 

निर्माण पक्षका अनुसार फिल्मको ९० प्रतिशत छायाङ्कन बेलायतमा र बाँकी १० प्रतिशत छायाङ्कन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो। सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप