मलंगवामा माछामासु र मदिरा बिक्रीमा रोक
मङ्गलबार, ०९ मङ्सिर २०८२, १० : ०४
सारांश
- सर्लाहीको मलंगवामा विवाह पञ्चमीको अवसरमा माछामासु र मदिरा बिक्रीमा रोक लगाइएको छ।
- नगरपालिकाले विवाह पञ्चमीको अवसरमा पशुपन्छीको वध र माछामासु बिक्री नगर्न आग्रह गरेको छ।
- स्थानीयले जनकपुरमा झैँ राम–सीताको विवाह गर्ने तयारी गरेका छन्।
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज माछामासु र मदिरा बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। विवाह पञ्चमीको अवसरमा नगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी तथा जीवजन्तुको वध, मदिरा तथा माछामासुको बिक्री–वितरण नगर्न नगरपालिकाले आग्रह गरेको हो।
नगरपालिकाको प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सूचनामा आज एक दिन मदिरा र माछामासु बिक्री नगर्न अनुरोध गरिएको जनाइएको छ।
यसैबिच, सदरमुकाम मलंगवाका स्थानीयले जनकपुरमा झैँ विवाहपञ्चमी पर्वको अवसरमा नगर परिक्रमा गराएर प्रतिकात्मक रूपमा राम–सीताको विवाह गर्ने तयारी मिलाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण