शान्ति वार्तालाई ‘अति नै सकारात्मक’ भन्दैछन् अमेरिका र युक्रेन
सारांश
- अमेरिका र युक्रेनले संयुक्त विज्ञप्ति जारी गर्दै युद्ध रोक्न शान्ति सम्झौताका लागि भएको वार्ता सकारात्मक भएको जनाएका छन्।
- जर्मन विदेशमन्त्रीले जेनेभामा भएको वार्तालाई युरोपका लागि निर्णायक सफलताको रूपमा व्याख्या गरे।
- ट्रम्पको २८ बुँदे शान्ति योजनालाई रुसले स्वागत गरेपनि युक्रेन र युरोपले स्वीकार गरेका थिएनन्।
जेनेभा । अमेरिका र युक्रेनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । गए राति युक्रेनमा युद्ध रोक्ने केन्द्रित शान्ति सम्झौताका लागि भएको वार्ता अति नै सकारात्मक भएको सो विज्ञप्तिमा भनिएको छ । साझा समझदारीको साथमा बैठक सकिएको एउटा छुट्टै विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ ।
गएको हप्ता ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना अघि सारेका थिए । यस योजनालाई रुसले सतर्कताको साथमा स्वागत गरेपनि युक्रेन र यूरोपका कुनै पनि नेताले यसलाई स्वीकार गरेका थिएनन् ।
यसैबिच जेनेभामा अमेरिका र युक्रेनबिचको वार्ताले युरोपेलीहरूका लागि निर्णायक सफलता दिएको जर्मन विदेशमन्त्रीले भनेका छन् । २८ बुँदे शान्ति योजनाबाट युक्रेनलाई नाटोमा सामेल हुनबाट स्पष्ट प्रतिबन्धलगायत युरोपसँग सम्बन्धित मुद्दाहरू हटाइएको योहान वाडेफुलले बताएका छन् ।
‘यो एक निर्णायक सफलता हो जुन हामीले हिजो हासिल गर्यौँ’ उनले जर्मनीको सार्वजनिक प्रसारण रेडियो स्टेशन ‘डचल्याण्डफङ्क’लाई बताए । कुनै पनि सम्झौता युरोपेली र युक्रेनीहरूको हितबाहिर पुग्नु नहुने जर्मन विदेशमन्त्रीले दोहोर्याए । आफूहरूले आइतबार सहमति भएको सम्झौताको २८–बुँदे योजना पूरै वा संशोधन र स्पष्टीकरणहरू हेर्न बाँकी भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण