शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक सक्रियता बढाउन तरुण दलको ७ बुँदे परिपत्र

मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : ३४
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडौँ । नेपाल तरुण दलले मातहतका समितिलाई राजनीतिक सक्रियता बढाउन सात बुँदे परिपत्र जारी गरेको छ ।

अध्यक्ष विद्वान गुरुङले मंगलबार जारी गरेको परिपत्रमा देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै र्‍याली तथा मार्चपासदेखि लिएर नागरिक समाजसँगको अन्तरक्रिया,जेनजी उमेर समूहका युवालाई दल प्रवेश, शान्ति–सुरक्षासम्बन्धी ध्यानाकर्षण पत्र बुझाउनेलगायतका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

तरुण दलले पहिलो चरणमा जिल्लामा र्‍याली, मार्च पास र कोणसभा आयोजना गरी निर्धारित समयमा निर्वाचन सुनिश्चितताबारे सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन निर्देशन दिएको छ ।

नागरिक समाज, सुरक्षा निकाय, निर्वाचन कार्यालयका अधिकारी र मतदातासहित सरोकारवालाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्न र जेनजी पुस्ताका युवालाई पार्टीमा प्रवेश गराउन दलले जिल्ला समितिहरूलाई परिपत्रमा निर्देशन दिएको छ ।

शान्ति–सुरक्षा तथा अमनचयनका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिल्ला प्रशासनमार्फत ध्यानाकर्षण पत्र बुझाउन पनि निर्देशन दिइएको छ । 

जिल्लाका मतदातालाई लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहका विकास परियोजनामा आवश्यक स्थानमा स्वयंसेवक परिचालन गर्न, पाँचौँ महाधिवेशनको तयारी स्वरूप जारी पूर्ण सदस्यता वितरण अभियानलाई तीव्र बनाउन भनिएको छ । 

यस्तो छ परिपत्र 

588368612_810910321840506_1869948282794309369_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप