तोकिएभन्दा बढी कैदमा राखिएकी महिलाले २३ वर्षपछि पाइन् क्षतिपूर्ति
सारांश
- पदममाया गुरुङलाई फैसलाभन्दा बढी कैदमा राखेकोमा सरकारले क्षतिपूर्ति दिएको छ ।
- उनलाई ६ लाख तीन हजार रुपैयाँ क्षतिपूर्ति दिइएको हो, जुन गृह मन्त्रालयमार्फत हस्तान्तरण गरियो ।
- सर्वोच्च अदालतले २०७४ मा क्षतिपूर्ति दिन फैसला गरेपछि यो रकम दिइएको हो।
धनकुटा । फैसलामा तोकिएभन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशकपछि सरकारले क्षतिपूर्ति दिएको छ ।
चौबिसे गाउँपालिका–१ बुधबारेकी ५७ वर्षीया पदममायालाई तोकिएकोभन्दा ५ वर्ष ६ महिना बढी कैदमा राखेबापत रु ६ लाख तीन हजार रकम क्षतिपूर्ति दिएको हो ।
उनलाई सोमबार गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत चौबिसे गाउँपालिकाका अध्यक्ष र जिल्ला प्रहरी कार्यालयका प्रमुखको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा उक्त रकम हस्तान्तरण गरेको हो ।
हस्तान्तरणपछि गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले यस क्षतिपूर्तिले ‘राज्यले पनि गल्ती गरेपछि नागरिकप्रति उत्तरदायी हुनुपर्छ’ भन्ने कानुनी राज्यको प्रत्याभूति दिलाएको प्रतिक्रिया दिए ।
विक्रम संवत् २०४८ मा जबर्जस्ती करणीबाट जन्मिएकी शिशु हत्या कसुरमा गुरुङलाई धनकुटा जिल्ला अदालत र पुनरावेदनले २० वर्ष सजाय फैसला गरे पनि सर्वाेच्च अदालतले ५ वर्ष कैद तोकेको थियो ।
यसअनुरुप २०५३ पुसमा कैद मुक्त हुनुपर्ने उनलाई राज्यले २०५९ असारमा मात्र जेल मुक्त गरेको थियो । यस विषयलाई कानुन व्यवसायी निरञ्जन उप्रेतीले उनको क्षतिपूर्तिको माग गर्दै राज्यविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिट उपर २०७४ सालमा सर्वाेच्च अदालतले पीडित गुरुङको पक्षमा फैसला सुनाएको थियो । तर क्षतिपूर्तिसम्बन्धी कानुनको अभाव भएकाले गृह मन्त्रालयको पहल र मन्त्रिपरिषद्को निर्णयबाट पदममायालाई क्षतिपूर्ति दिलाउन सम्भव भएको मन्त्रालयकी शाखा अधिकृत समिता पोखरेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण