प्रहरीको ‘स्वीप अपरेसन’ : लुटिएको पेस्तोल र लागूऔषधसहित १३ जना पक्राउ
विराटनगर । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट सोमबार प्रहरीले अपराधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियार र ठुलो परिमाणको लागू औषधसहित एकै दिन १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले आन्दोलनका क्रममा लुटिएका २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा झापाको दमक र इलामको चुलाचुलीबाट ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा दमक(८ का २५ वर्षीय सरोज पुरी, दमक(६ का २९ वर्षीय विश्व लिङ्देन र इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन्। मुख्य आरोपी सरोज पुरीले काठमाडौँबाट हतियार लुटेर ल्याई विश्व लिङ्देन मार्फत पवन हाङ्सुरुम्वालाई लुकाउन दिएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले पुरीको साथबाट १ थान पेस्तोल र १५ राउण्ड गोली तथा हाङ्सुरुम्वाको बारीमा गाडेको अवस्थामा १ थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको हो ।
यस्तै, सुनसरीको धरान–२० स्थित विष्णुपादुका क्षेत्रबाट प्रहरीले ५० किलोग्राम गाँजा बरामद गरेको छ। को १ ज २१७८ नम्बरको पिकअप गाडीको डालामा लुकाई राखेको ५ वटा कालो झोलामा उक्त गाँजा फेला परेको हो । गाँजा ओसारपसारमा संलग्न धनकुटाका चालक खडग बहादुर मगराती र सह–चालक दुर्गा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेटसहित थप ८ जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर–१७ बाट ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित रोजन राई, रानी नाकाबाट ४७ मिलिग्राम सहित दुर्गानन्द यादब, सुनसरीको रामधुनीबाट ६७ मिलिग्राम सहित सन्तोष राई तथा झापाको भद्रपुरबाट ४० मिलिग्राम ब्राउन सुगर सहित दम्पती दिलिप कुमार माझी र रोमा राणा पक्राउ परेका छन् ।
लागू औषध ट्याब्लेटसहित सुनसरीबाट भारतीय नागरिक राजु कुमार सोनी र धरानका सनम लिम्बु पक्राउ परेका छन् । त्यस्तै, मोरङको रतुवामाईबाट २०६ ग्राम गाँजा सहित भिमदेव श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हातहतियार तथा खरखजना र लागू औषध मुद्दामा पक्राउ परेका सबै १३ जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण