पाकिस्तानलाई अफगानिस्तानले भन्याे– उपयुक्त समयमा जवाफ दिन्छौँ
काठमाडौँ । अफगानिस्तानले पक्तिका, खोस्त र कुनार प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणलाई प्रत्यक्ष आक्रमण र आफ्नो सार्वभौमिकताको गम्भीर उल्लङ्घनको गरिएको बताएको छ ।
अफगान सरकारका अनुसार पाकिस्तानले छिमेकी देशहरूबिच पालना गरिएका अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन गरेको छ ।
पाकिस्तानको कार्यहरू 'आफ्नो सैन्य नेतृत्वको असफलताको प्रमाण' भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।
अफगानिस्तानले आफ्नो भूमि, हवाई क्षेत्र र नागरिकहरूको रक्षालाई आफ्नो वैध अधिकार मानेकाे उल्लेख गर्दै उपयुक्त समयमा जवाफ दिइने उनले बताए ।
'अफगान भूमिमा पाकिस्तानी सेनाको यो आक्रमण हाम्रो सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण हो। यसले तनाव मात्र बढाउँछ र पाकिस्तानको सैन्य प्रतिष्ठानले गलत गुप्तचरको आधारमा काम गरिरहेको देखाउँछ।' माइक्रो ब्लगिङ्ग वेबसाइट एक्समा मंगलबार मुजाहिदले लेखेका छन् ।
सोमबार राति अबेर भएको आक्रमणमा नौ बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ ।
यस बाहेक पनि कुनार र पक्तिका प्रान्तमा भएका छुट्टाछुट्टै आक्रमणमा चार नागरिक घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण