मन्त्रिपरिषद् बैठकका निर्णयमा ‘लुकाइयो’ चार सचिवको सरुवा
सारांश
- मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गरेपनि निर्णय सार्वजनिक गरेन।
- मुख्य सचिव र राष्ट्रिय योजना आयोगका सचिवको अवकाश पछि अन्य सचिवहरुको सरुवा गरियो।
- कोशी र मधेश प्रदेशका सचिवहरूलाई संघीय र भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरियो।
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्ने निर्णय गर्यो । तर, सरकारले उक्त निर्णय सार्वजनिक गरेन । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलन गरी सोमबारको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका थिए ।
ती निर्णयमा चार सचिवको सरुवा गरेको विषय उल्लेख छैन । तर, त्यो बैठकले सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि खाली भएको राष्ट्रिय योजना आयोग र सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि खाली भएको रक्षा मन्त्रालयमा पदपूर्ति गर्दा चार सचिवको सरुवा गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले रिक्त भएका दुई निकायमा सचिवलाई सरुवा गर्दा चार सचिवको सरुवा गरिएको जानकारी दिए । ‘एक जना सचिव अवकाशमा जानुभयो । एक जना मुख्यसचिवमा बढुवा हुनुभयो,’ मन्त्री खनालले रातोपाटीसँग भने, ‘ती दुई स्थानमा नयाँ सचिवको सरुवा गर्दा चार सचिवको सरुवा क्याबिनेटबाट भएको छ ।’
मंगलबार रातिदेखि मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीले अवकाश पाए । अर्यालका स्थानमा रक्षासचिव सुमनराज अर्याललाई बढुवा गर्ने निर्णय पनि त्यो बैठकले गरेको छ । मुख्यसचिव अर्यालले ५८ वर्षे उमेरहदका कारण र सचिव दुवाडीले सचिवको पाँचवर्षे पदावधिका कारण अवकाश पाएका हुन् । अर्याल र दुवाडीको अवकाश तथा अर्यालको मुख्यसचिवमा बढुवा गरिएको विषय भने मन्त्रिपरिषद् बैठकका निर्णयमा उल्लेख छ ।
मन्त्री खनालका अनुसार कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवामा सरुवा गरिएको छ । मधेश प्रदेहका प्रमुख सचिव मदन भुजेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगको सचिवमा र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण