मेरो व्यक्तिगत स्वार्थ, एजेन्डा केही छैन : मुख्य सचिव अर्याल
काठमाडौँ । नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले मुख्य सचिवका रूपमा आफ्नो व्यक्तिगत स्वार्थ, एजेन्डा केही नरहेको बताएका छन् ।
पदबहालीसँगै बुधबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीलाई सम्बोधन गर्दै अर्यालले विभिन्न मन्त्रालयबाट नेपाल सरकार, मन्त्रिपरिषदको स्वीकृतिका लागि प्राप्त हुने विषय मन्त्रिपरिषदमा छलफलका लागि पेस गर्ने र त्यहाँबाट भएका निर्णय प्रमाणित गरी सम्बन्धित मन्त्रालयमा सम्प्रेषण गर्ने नै आफ्नो प्रमुख जिम्मेवारी र कर्तव्य रहने बताए ।
‘त्यसबाहेक नीतिगत विषयमा अन्तर–मन्त्रालय समन्वय र सहजीकरण गर्ने हो,’ उनले भने, ‘तसर्थ मेरो कार्यसफलता भनेको सचिवज्यूहरूले के कस्ता गुणस्तरीय विषय के कति संख्यामा छलफल र निर्णयका लागि अघि बढाउनु हुन्छ, मन्त्रिपरिषदमा पठाउनु हुन्छ, त्यसमा निर्भर हुने हो ।’
मुख्य सचिव अर्यालले मन्त्रिपरिषदको निर्णयका लागि सबै अंग पुगेको, गुणस्तरीय, परिपक्व, राष्ट्र र जनताको हित हुने तथा सुशासनलाई प्रवर्द्धन गर्ने प्रकृतिका प्रस्तावमात्र प्राथमिकताका साथ अघि बढाउन सचिवहरूलाई निर्देशन दिए । झिनामसिना प्रकृतिका विषय र उत्तरदायित्व पन्छाउने हिसाबले जुनसुकै विषयका प्रस्ताव मन्त्रिपरिषदको निर्णयार्थ पठाउने प्रवृत्तिलाई अन्त्य गर्न पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण