१२ वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा होस्टेल सञ्चालक पक्राउ
बुधबार, १० मङ्सिर २०८२, १६ : १६
सारांश
- सुर्खेतमा १२ वर्षीया बालिका बलात्कार आरोपमा एक होस्टेल सञ्चालक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक महेन्द्र अर्याल छन्।
- प्रहरीका अनुसार, उनले होस्टेलमै बस्ने बालिकालाई बलात्कार गरेको आरोप लागेको छ र थप अनुसन्धान भइरहेको छ।
सुर्खेत । सुर्खेतमा १२ वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा एक होस्टेल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौरमा रहेकाे होस्टेलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनले होस्टेलमै बस्दै आएकी १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ ।
आरोप लागेपछि फरार रहेका उनलाई मंगलबार बेलुका पञ्चपुरी नगरपालिका–१ बाचकाँडाबाट पक्राउ गरिएको बुढ्थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण