बोपराको लगातार तेस्रो अर्धशतक, चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
काठमाडौँ । रवी बोपराको अर्धशतकको सहयोगमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले विराटनर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो । चितवनका लागि रवी बोपराले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
बोपराको यो सिजनको लगातार तेस्रो अर्धशतक हो । बोपराले यसै सिजनमा यसअघि दुई अर्धशतक प्रहार गरिसकेका थिए ।
उनको पहिलो अर्धशतक कर्णाली याक्सविरुद्ध ५२ रनको थियो भने दोस्रो अर्धशतक लुम्बिनीविरुद्ध ६६ रनको थियो ।
त्यस्तै कप्तान कुशल मल्ले २० रन बनाउँदा शेफ जैबले ३३ रनको योगदान गरे । चितवनका देव खनालले २८ रन जोड्दा डेविड मलानले १७ रन जोडे ।
बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चान्ट डी ल्याङ्गे दुई–दुई विकेट लिए । त्यस्तै शुभम रन्जानेले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै विराटनगर प्रतियोगितामा लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । आजको खेल जितेमा विराटनगरलाई प्लेअफको सम्भावना पनि बलियो बन्नेछ । विराटनगर अंक तालिकाको शीर्ष स्थानमा पनि निक्लनेछ ।
यता चितवन तेस्रोमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यसअघिको दुई खेलमा एक जित र एक हारको नतिजा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण