शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ठमेलमा पर्यटकहरूलाई लुटपाट गरेको आरोपमा १३ जना पक्राउ

बुधबार, १० मङ्सिर २०८२, १९ : ३०
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ। काठमाडौँको ठमेल क्षेत्रमा पर्यटकहरूलाई लुटपाट गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

पर्यटकहरूलाई हैरानी दिने, लुटपाट गर्ने र यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य बनाउने गतिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनीहरू बुधबार पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा काभ्रे घर भएका बादल तामाङ, बाजुरा घर भएका गणेश नाथ, तनहुँका विशाल थापा मगर, सिन्धुलीका गणेश तामाङ, सर्लाहीका सागर मगर, सुनसरीका रमेश क्षेत्री र दोलखा घर भएका विशाल नेपाली छन् । 

त्यस्तै, रामेछाप घर भएका मिलन नेपाली, गोरखा घर भएका विवश खबास, नेपालगञ्जका अभिषेक थापा, काभ्रेका सञ्जय लामा, दाङ घर भएकी प्रमिमा डाँगी र प्रमिल पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप