शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गिनी–बिसाउ राष्ट्रपति भवन नजिकै गोली चल्यो

बुधबार, १० मङ्सिर २०८२, २० : १८
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • गिनी–बिसाउमा राष्ट्रपति भवन नजिकै गोली चल्यो, चुनावको तीन दिनपछि घटना भयो।
  • निर्वाचनमा दुवै उम्मेदवारले जितको दाबी गरे, तर गोली चलेपछि मानिसहरू भागे।
  • देशमा राजनीतिक अस्थिरता लामो समयदेखि छ, तस्करीको केन्द्र पनि हो।

काठमाडाैँ । गिनी–बिसाउको राष्ट्रपति र विधायिका चुनावको तीन दिनपछि राष्ट्रपति भवन बाहिर बुधबार गोली चलेको छ । निर्वाचनमा दुवै प्रमुख उम्मेदवारहरूले विजयको दाबी गरे । गोली चलेपछि मानिस र सवारी साधनहरू त्यस क्षेत्रबाट भागेको प्रत्यक्षदर्शी एएफपी संवाददाताले बताए ।

स्वतन्त्रतापछि चार पटक ‘कू’ को अनुभव गरेको पश्चिम अफ्रिकी देशमा बिहीबार मतदानको आधिकारिक परिणाम आउने अपेक्षा गरिएको छ ।

वर्तमान राष्ट्रपति उमारो सिसोको एम्बालो र विपक्षी उम्मेदवार फर्नान्डो डायस दुवैले निर्वाचनमा आफ्नो विजय भएको घोषणा गरे ।दङ्गास्थलबाट भागिरहेका एक व्यक्तिले एएफपीसँग भने “हामी बिसाउमा यस प्रकारका घटनाको लागि अभ्यस्त छौँ ।”

एम्बालोले चुनाव जित्ने अपेक्षा गरिएको निर्वाचन बुधबारसम्म शान्तिपूर्ण थियो।विशेष गरी मुख्य विपक्षी दल पिएआइजिसीका धेरै शुभेच्छुक र यसका उम्मेदवार डोमिङ्गोस सिमोस परेरालाई निर्वाचनमा मतदान गर्नबाट बञ्चित गरिएकाे छ । 

उनीहरूले धेरै ढिलो आधिकारिक आवेदन दायर गरेको भन्दै परेरा र पीएआईजीसीलाई सर्वोच्च अदालतले अक्टोबरमा प्रकाशित उम्मेदवार र दलहरूको अन्तिम सूचीबाट हटाएकाे छ । 

परेरा र एम्बालो राजनीतिक कट्टर प्रतिद्वन्द्वी हुन् । यसपहिले सन् २०१९ को पछिल्लो राष्ट्रपति चुनावमा दुवैले विजयको दाबी गरेपछि चार महिनापछि निर्वाचन परिणाम सङ्कटमा परेको थियो ।

पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (इकोवास) अवलोकन मिसनका प्रमुख इसिफु बाबा ब्राइमा कामराले मङ्गलबार मात्र ‘मतदानको शान्तिपूर्ण सञ्चालन’ भयो भन्दै निर्वाचन आयोगको प्रशंसा गरे ।

देशको राजनीतिक अस्थिरताको लामो इतिहासले सहयोग पुर्याएको व्यापारका कारण गिनी–बिसाउ विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो र ल्याटिन अमेरिका र युरोपबिच लागुऔषध तस्करीको केन्द्र पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप