पौडेलले बुझाए मन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
बुधबार, १० मङ्सिर २०८२, २२ : ११
सारांश
- स्वास्थ्यमन्त्री डा. सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले कामको विवरण बुझाए।
- मन्त्री गौतमले पूर्वमन्त्रीका कार्यक्रमलाई निरन्तरता दिने बताइन्, र स्वास्थ्य सुधारमा जोड दिइन्।
- पूर्वमन्त्री पौडेलले स्वास्थ्य सेवामा ध्यान दिन आग्रह गरे।
- उनी सरकार जेनजीको भावनाअनुसार चलेको बताइन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको समेत बताइन् ।
उनले सरकार जेनजीको भावनाअनुसार चलेको समेत बताइन् । पूर्वमन्त्री पौडेलले स्वास्थ्यलाई सुधार गर्नसके मुलुककै सुधार हुने उल्लेख गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण