अपडेट
हङकङ आगलागीः मृतकको संख्या ३६ पुग्यो
बिहीबार, ११ मङ्सिर २०८२, ०० : २८
सारांश
- हङकङको आवासीय भवनमा लागेको आगोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो।
- आगलागीमा बेपत्ता व्यक्तिको संख्या २७९ रहेको छ।
- आगो नियन्त्रणका लागि ठूलो संख्यामा अग्निनियन्त्रक खटिएका छन्।
काठमाडौँ। हङकङको ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढेर ३६ पुगेको छ। हङकङका प्रमुख कार्यकारी जोन लीले पछिल्लो पत्रकार सम्मेलनमा कम्तीमा २७९ जना अझै बेपत्ता रहेको जानकारी दिए।
बुधबार दिउँसो करिब २ः५१ बजे सल्किएको आगोका कारण भवनभरि घना धुवाँ फैलिएको थियो। प्रारम्भिक उद्धारका क्रममा १३ जनाको मृत्यु पुष्टि भएकोमा पछिल्ला विवरण अनुसार मृतकको संख्या उल्लेखनीय रूपमा बढेको हो।
आगो नियन्त्रणमा लिन ठुलो संख्यामा अग्निनियन्त्रक परिचालन गरिएको छ। उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको अधिकारीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण