मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

बिहीबार, ११ मङ्सिर २०८२, ०२ : ४६
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाउने तयारी छ।
  • कोषका अनुसार, बारलाई काठ र डोरीले बदलिनेछ।
  • पुरातत्व विभागले बार हटाउन आग्रह गरेको थियो।

काठमाडौँ ।  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । 

पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिए । 

पुरातत्त्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशे पुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप