महाधिवेशनको पूर्वसन्ध्यामा विद्या भण्डारी भनिन्– मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु
सारांश
- पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण अनुचित रूपमा रोकिएको बताइन्।
- उनले महाधिवेशनमा भौतिक रूपमा उपस्थित नभए पनि पार्टी सदस्यको रूपमा साथ दिने बताइन्।
- भण्डारीले महाधिवेशन सफलताको शुभकामना दिँदै यसलाई महत्त्वपूर्ण अवसरको रूपमा लिइन्।
काठमाडौँ । पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो सदस्यता अनुचित तवरले नवीकरण नगरेको दोहोर्याएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण म स्वयं यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।'
विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास समेत उनले व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्– 'महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो । विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनै छ ।'
'सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा एमालेको यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तर्मनबाटै शुभेच्छा व्यक्त गर्दछु', उनले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण