अपडेट
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
बिहीबार, ११ मङ्सिर २०८२, ०८ : १०
सारांश
- हङकङको अपार्टमेन्ट ब्लकमा बुधबार राति आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ ।
- आगलागीमा परेर अन्य ४५ जनाको अवस्था गम्भीर छ भने २७९ जना बेपत्ता छन् ।
- आगलागीपछि निर्माण कम्पनीका कार्यकारीहरूलाई पक्राउ गरिएको छ, जसमा दुई निर्देशक र परामर्शदाता रहेका छन्।
हङकङ । हङकङमा बुधबार राति अपार्टमेन्ट ब्लक्समा भएको आगलागीमा परेर ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।
अन्य ४५ जनाको अवस्था निकै गम्भीर रहेको छ । अझै पनि २७९ जना बेपत्ता छन् । अग्नि नियन्त्रकहरूले आठमध्ये चार वटा भवनको आगो निभाउन सकेका छन् । आगलागी पूरै नियन्त्रण गर्न पूरै दिन लाग्ने बताइएको छ ।
अपार्टमेन्ट ब्लक्समा आगलागीपछि निर्माण कम्पनीका कार्यकारीहरूलाई पक्राउ गरिएको छ । कम्पनीका दुई निर्देशक र परामर्शदातालाई प्रहरीले घोर लापरबाहीको आरोपमा समातेको हो ।
आगलागी सुरु हुँदा अपार्टमेन्ट ब्लक्समा व्यापक मर्मत सम्भारको काम चलिरहेको थियो । आगलागी भएको भवनहरू नजिकैका १३ वटा विद्यालय बिहीबार बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण