बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

बिहीबार, ११ मङ्सिर २०८२, ०८ : ४१
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज धुम्बाराहीमा बस्ने भएको छ।
  • बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउनेछ।
  • आगामी बैठकमा पार्टीको आन्तरिक एकता र अधिवेशनबारे छलफल हुनेछ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । 

बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै  एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्ने भन्ने लगायतका विविध विषयमा छलफल हुने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप