गण्डकीको अर्थतन्त्र सेवा क्षेत्रको कब्जामा, पर्यटनमा भने उत्साह
सारांश
- गण्डकी प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ, तर कृषि र उद्योगको योगदान कम छ।
- पर्यटन क्षेत्रमा विदेशी पर्यटकको संख्या बढेको छ, तर प्रत्यक्ष रोजगारी घटेको छ।
- घरजग्गा रजिस्ट्रेसन बढेको छ भने इन्टरनेट र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ।
पोखरा । गण्डकी प्रदेशको अर्थतन्त्रलाई सेवा क्षेत्रले दबाब दिएको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन अनुसार सेवा क्षेत्रको योगदान प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा अधिक देखिएको छ ।
आर्थिक वर्ष ०८१/०८२ मा ५५.८ प्रतिशत योगदान सेवा क्षेत्रको छ । अर्थतन्त्रको प्रमुख क्षेत्र कृषिमा लगभग २७ प्रतिशत योगदान छ भने उद्योगको योगदान १६ प्रतिशत हाराहारी छ ।
सेवा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनलाई दबाब दिए पनि पर्यटन क्षेत्र भने उल्लेख्य मात्रामा सकारात्मक देखिएको छ ।
सेवा क्षेत्रको मुख्य आधार पर्यटनलाई मानिएको छ । आर्थिक वर्ष ०८०/०८१ के तुलनामा समीक्षा वर्ष ०८१/८२ मा विदेशी पर्यटक लगभग २६ प्रतिशतले बढेको देखाएको छ ।
अघिल्लो वर्ष ५५ हजार १ सय ४९ जना विदेशी पर्यटक भित्रिएकोमा पछिल्लो वर्ष ६९ हजार ४ सय ९१ जना भित्रिएको रिपोर्टमा उल्लेख छ । होटलको बेडदेखि अकुपेन्सीसम्म अत्यधिक बढेको छ । २ लाख ३४ हजार ३ सय होटलको शय्या १.१ प्रतिशतले बढेको छ भने बेड बिक्री ३.८ प्रतिशतले बढेको छ । अकुपेन्सी पनि २.७ प्रतिशत बढेको छ ।
प्रत्यक्ष रोजगारी भने केही घटेको देखाइएको छ । पर्यटनबाट प्राप्त हुने रोजगारीमा १.१ प्रतिशत ह्रास आएको हो । पर्यटनलाई बढावा दिन सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पोखरा विमानस्थलमा २५ हवाइ कम्पनीले १४ हजार १ सय ५८ उडान वर्षभरीमा गरेका छन् । अघिल्लो वर्ष भन्दा २३.२७ प्रतिशत बढेको थियो । ४ लाख ८७ हजार ४ सय ९३ जना यात्रुले पोखरा विमानस्थलबाट उडान भरेका थिए ।
बसाइसराइँ र आर्थिक क्रियाकलापका कारण गण्डकीका मालपोत कार्यालयमा घरजग्गा रजिस्ट्रेसन अत्यधिक बढेको छ, यो करिब २८ प्रतिशतले बढेको हो । महानगर र नगरपालिकाबाट हुने नक्सापास भने ८.४ प्रतिशतले घटेको छ । घरजग्गा रजिस्ट्रेसनवापत राजस्व १३.१ प्रतिशतले घटेर २ अर्ब २ करोड १५ लाख संकलन भएको छ ।
गण्डकीका नागरिकहरूले इन्टरनेट बैंकिलाई बढी प्रयोग गरेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२.७१ प्रतिशतले बढेर २ लाख ७३ हजार पुगेको छ भने मोबाइल बैंकिङ पनि १५.५ प्रतिशत बढेर ३० लाख ५९ हजार पुगेको छ ।
२०८०/०८१ म २४ हजार ४ सय ७८ रजिस्ट्रेसन भएकोमा पछिल्लो वर्ष बढेर ३१ हजार ३ सय ५ वटा पुगेको छ । नक्सापास भने निकै घटेको छ । १ हजार ९ सय ५९ नक्सापास भएकोमा पछिल्लो वर्ष १ हजार ७ सय ९४ मा झरेको छ । राजस्व पनि घटेको छ ।
गण्डकीमा बैंक तथा वित्तीय संस्थाका शाखाहरू १ हजार ४ सय बाट घटेर १ हजार ३ सय ९९ मा झरेको छ ।
निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर ६ खर्ब १२ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष कुल निक्षेप १२.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी पनि २.३ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ९३ करोड पुगेको छ । कृषि क्षेत्रमा २४ अर्ब ६ करोड, औद्योगिक क्षेत्रमा २७ अर्ब ९१ करोड र सेवा क्षेत्रमा १ खर्ब ११ अर्ब ५५ करोड लगानी भएको छ । रियल स्टेट, शिक्षा, उपभोग लगायतका क्षेत्रमा छुट्टै १ खर्ब ९३ अर्ब ४१ करोड कर्जा प्रवाह भएको छ ।
गण्डकीका नागरिकहरूले इन्टरनेट बैंकिलाई बढी प्रयोग गरेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२.७१ प्रतिशतले बढेर २ लाख ७३ हजार पुगेको छ भने मोबाइल बैंकिङ पनि १५.५ प्रतिशत बढेर ३० लाख ५९ हजार पुगेको छ ।
एटीएम अहिले पनि बढेको छ, १.३२ प्रतिशत वृद्धि भएको हो । एक आर्थिक वर्षभित्र राष्ट्र बैंक पोखराले ८३ करोड ९४ लाख बराबरको विदेशी मुद्रा खरिद गरेको छ । अघिल्लो वर्ष १ खर्ब ४६ करोडको खरिद भएकोमा अहिले घटेको हो । सबैभन्दा बढी अमेरिकी डलर २३.१७ प्रतिशत, युरो ४४.२२ प्रतिशत बढेको छ । भारतीय मुद्राको विक्री भने निकै धेरै छ । १ सय ३३.५ प्रतिशत बढेर ५ करोड ९३ लाख भारतीय मुद्रा विक्री भएको थियो भने २६ लाख बराबरको खरिद भएको थियो ।
करिब १० प्रतिशत विद्यार्थीको संख्या समीक्षा वर्षमा अघिल्लो वर्षभन्दा घटेको देखिएको हो । शिक्षकहरू पनि निकै घटेका छन् । ६.१९ प्रतिशत शिक्षक पलायन भएका रिपोर्टमा उल्लेख छ ।
प्रदेशमा अस्पतालको शय्या संख्या झण्डै ५० प्रतिशत बढेको छ । २ हजार ८ सय बेडबाट ४ हजार २ सय ४२ बेड पुगेको हो । करिब ४८ प्रतिशत घरमा इन्टरनेटको पहुँच पुगेको छ भने ७८ प्रतिशत घरमा स्मार्ट फोनको प्रयोग हुन्छ । शिक्षामा पनि गण्डकीको योगदान उल्लेख्य छ ।
विद्यार्थी संख्या, विद्यालय संख्या र शिक्षकको संख्या लगातार घटिरहेको देखाएको छ । सरकारी विद्यालयहरू ३ हजार ३ सय १० वटाबाट घटेर ३ हजार २ सय ४६ मा झरेको छ । विद्यार्थी पनि ३ लाख ८२ हजार ९ सय ५५ बाट घटेर ३ लाख ४७ हजार १ सय ४ मा झरेको छ ।
करिब १० प्रतिशत विद्यार्थीको संख्या समीक्षा वर्षमा अघिल्लो वर्षभन्दा घटेको देखिएको हो । शिक्षकहरू पनि निकै घटेका छन् । ६.१९ प्रतिशत शिक्षक पलायन भएका रिपोर्टमा उल्लेख छ । यसअघि २४ हजार २ सय ४९ शिक्षक रहेको गण्डकीमा आव ०८१/८२ मा २२ हजार ७ सय ४८ मा झरेको छ ।
संस्थागत र निजी तर्फ भने विद्यार्थीको संख्या सामान्य बढेको छ । २ लाख ६ हजार ७ सय ५४ जनाबाट समीक्षा वर्षमा पुग्दा २ लाख १३ हजार ४ सय १७ जना विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनका लागि पुगेका हुन् । शिक्षक संख्या पनि ०.८६ प्रतिशत बढेको छ । ९ हजार ६ सय ३० बाट बढेर ९ हजार ७ सय १३ पुगेको छ ।
प्राविधिक शिक्षामा केही आकर्षण भएपनि विश्वविद्यालय र क्याम्पसबाट विद्यार्थी पलायन दर बढ्दो अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण