अस्ट्रेलियामा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु
सारांश
- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
- सोही आक्रमणमा एक पुरुष गम्भीर घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ।
- घटनास्थल सिड्नीबाट ३०० किलोमिटर उत्तरमा रहेको क्राउडी बे राष्ट्रिय निकुञ्जमा भएको हो।
मेलबर्न । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको दुर्गम समुद्री तटमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक पुरुष गम्भीर घाइते भएका छन् ।
२० वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको छ भने सोही उमेरका पुरुषलाई गम्भीर अवस्थामा अस्पताल लगिएको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानै सिड्नीबाट ३०० किलोमिटर उत्तरमा रहेको क्राउडी बे राष्ट्रिय निकुञ्जको काइलीज तटमा प्यारामेडिक्सलाई बोलाइएको थियो ।
आक्रमण गर्ने शार्क ठुलो किसिमको बुल शार्क हुनसक्ने बताइएको छ । बुल शार्क ताजा पानी र नुनिलो पानी दुवै ठाउँमा भेटिन्छन् । यी शार्क मान्छेका लागि घातक हुने जनाइएको छ ।
यो शार्क तेस्रो सबैभन्दा घातक प्रजाति भएको इन्टरनेसनल शार्क अट्याक फाइलले देखाएको छ । उक्त घटनासँगै अहिलेका लागि सो समुद्री तट सर्वसाधारणका लागि बन्द गरिएको छ ।
त्यस आसपासको तट पनि अर्को २४ घण्टाका लागि बन्द गरिएको र सो क्षेत्रमा ड्रोनबाट निगरानी गरिने सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सले जनाएको छ । अस्ट्रेलियामा शार्कको यो पाँचौँ घातक आक्रमण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण