महोत्तरीका जेनजी युवाले सिडिओ र अस्पताललाई बुझाए ज्ञापनपत्र
सारांश
- महोत्तरीका जेनजी युवाहरूले नागरिक सरोकारका मुद्दा उठाउँदै सिडिओ र अस्पताल प्रमुखलाई ज्ञापनपत्र बुझाए।
- जेनजी समूहले फोहर व्यवस्थापन सुधार, जग्गा सम्बन्धी पारदर्शिता, र सार्वजनिक चासोका ११ बुँदे माग राखेको छ।
- सिडिओ यादवले पत्र पठाउने र अस्पताल प्रमुख साहले सम्भव भएसम्म काम अघि बढाउने आश्वासन दिए।
जनकपुरधाम । महोत्तरीका जेनजी युवाहरूले नागरिक सरोकारका विभिन्न मुद्दा उठाउँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा प्रादेशिक अस्पताल जलेश्वरका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
जेनजीका अगुवाहरूले प्लेकार्ड र नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहलाई अलग–अलग रूपमा ज्ञापनपत्र बुझाएका हुन् । जेनजी समूहले प्रादेशिक अस्पताल जलेश्वर र जलेश्वर नगरपालिका सम्बन्धी ११ बुँदे माग प्रस्तुत गरेको छ । मागमा विशेष गरी जलेश्वर नगरपालिकाको फोहर व्यवस्थापन सुधार, मणिपाल जग्गा सम्बन्धी विषयमा पारदर्शिता, र सार्वजनिक चासोका मुद्दाहरू समेटिएका छन् ।
समूहले नगरपालिकामा हाटबजार ठेक्कामा पारदर्शिता अभाव, सडकको जीर्ण अवस्था, र हालै निर्माण सम्पन्न गरिएको जलेश्वर कम्प्लेक्समा नगरपालिकाको कार्यालय सार्ने तयारीप्रति पनि आपत्ति जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै सिडिओ इन्द्रदेव यादवले प्रादेशिक अस्पताल र जलेश्वर नगरपालिकालाई पत्र पठाइने आश्वासन दिए । त्यस्तै, प्रादेशिक अस्पताल जलेश्वरका निमित्त कार्यालय प्रमुख डा. विकासकुमार साहले पनि सम्भव भित्रका काम तत्काल अघि बढाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण