मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जब ३१ लाख रुपैयाँ फिर्ता गर्दै दुलाहाले भने, 'मलाई दुलही भए पुग्छ'

बिहीबार, ११ मङ्सिर २०८२, १५ : २७
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • मुजफ्फरनगरमा एक युवकले दाइजोमा आएको ३१ लाख रुपैयाँ अस्वीकार गर्दै दुलही मात्रै चाहेको बताए।
  • दुलहा अवधेशले दाइजो अस्वीकार गरेपछि उनको परिवार र दुलही पक्षले उनको प्रशंसा गरे।
  • यो घटनाले समाजमा दाइजो प्रथाको विरुद्धमा सशक्त सन्देश दिएको छ।

मुजफ्फरनगर । उत्तर प्रदेशको मुजफ्फरनगरमा एउटा अनौठो विवाह सम्पन्न भएको छ, जसले समाजमा एउटा नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

दाइजो लिनु र दिनु सामान्य मात्र होइन, दाइजो नपाएको निहुँमा महिलामाथि दुर्व्यवहार र कुटपिट गरिने गरिन्छ । यस्तो घटना नेपालभन्दा भारतमा धेरै हुने गरेको छ । यही समाजमा एक दुलहाले लाखौँ रुपैयाँको दाइजो अस्वीकार गरेका छन् । 

घटना मुजफ्फरनगरक बुढाना गाउँकी दुलही अदिती सिंह र नगवा गाउँका अवधेश सिंहको विवाहको हो । दुलहीका हजुरबुबा सुखपाल सिंहले दिएको जानकारीअनुसार अदितीका बुबाको कोरोना कालमा निधन भएको थियो । विगत पाँच वर्षदेखि उनी आफ्ना हजुरबुबासँगै बस्दै आएकी छन् । एमएस्सी पास गरेकी अदितीको विवाह उनको मामाघर पक्षले मिलेर गरिदिएका हुन् । उनका दुई मामा छन् । 

सुखपाल सिंहले बताएअनुसार दुलहा अवधेशको परिवार व्यवसायी हो । बुधबार राति विवाहको क्रममा दुलही पक्षले उपहारस्वरूप दुलहा अवधेशलाई ३१ लाख रुपैयाँ नगदले भरिएको थाल अगाडि बढाए । तर, अचानक दुलहा अवधेशले थाल लिन अस्वीकार गर्दै भने, 'मलाई यो पैसा चाहिँदैन । यसमा मेरो कुनै हक छैन । यो अदितीका बुबाको कडा परिश्रमको कमाइ हो । म यसलाई स्वीकार गर्न सक्दिनँ । मलाई दुलही मात्रै चाहिन्छ ।'

दुलहाको चौतर्फी प्रशंसा

दुलहाको यो कुरा सुनेर दुलही पक्षका मानिसहरू चकित परे । त्यहाँ भएका सबै दुलाहालाई हेरेका हेर्‍यै भए । पछि दुलही पक्षका मानिसहरूले दुलहाको यस निर्णयको ताली बजाएर स्वागत गरे । यसले विवाहको उल्लासलाई अझ बढाइएको थियो । चारैतिर दुलहाको प्रशंसा हुन थाल्यो । मानिसहरूले आजको समयमा पनि दाइजोसँग कुनै सरोकार नराख्ने दुलहाहरू छन् भनेर खुसी व्यक्त गरेका थिए । 

दुलहाका आमाबुवाको पनि समर्थन

दुलहा अवधेशको यो निर्णयबारे उनका आमाबुवाले थाहा पाएपछि उनीहरू पनि छोराको समर्थनमा आए । उनीहरूले पनि हात जोडेर दुलही पक्षसँग छोरी मात्रै मागे । सबै रीतिरिवाजहरू परम्पराअनुसार सम्पन्न भए र दुवै पक्षका ठुलाबडाले नवविवाहित जोडीलाई आशीर्वाद दिए ।

दुलहा अवधेशको यो कदमले समाजमा दाइजो प्रथाविरुद्ध एउटा सशक्त सन्देश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप