चर्चित जेनजी अगुवा मुस्कान खातुन नेकपा प्रवेश, केन्द्रीय सदस्य बनाइने
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् ।
खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै उनले तेजाब आक्रमण मात्र हिंसा नभई सबै खाले हिंसाविरुद्ध लाग्न आग्रह गरिन् । ‘आजभन्दा पाँच वर्ष अगाडि ममाथि तेजाब आक्रमण भएको थियो । त्यसका विरुद्ध म लगातार अभियानमा लागेँ । सफल पनि भए । मलाई के लाग्छ भने तेजाब आक्रमण मात्र हिंसा होइन । यस्ता धेरै हिंसा छन्, जसमा दिदी बहिनीले खेप्नुपरेको छ । सबै खालका हिंसा गर्न अन्त्य गर्न जरुरी छ’, उनले भनिन् ।
उनले देशमा भएका भ्रष्टाचार, हिंसा अन्त्य होस् र त्यही चाहना अनुसार अनुसार नेपाली कम्युनिस्ट पार्टीले काम गर्ने उनले विश्वास राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण