एसिसी प्रिमियर कप: हङकङविरुद्ध नेपालको शानदार जित
सारांश
- नेपालले हङकङलाई ११९ रनले पराजित गर्यो, यो प्रतियोगितामा नेपालको दोस्रो जित हो।
- अशोक धामीले ७३ रन बनाए भने बलिङमा अप्रजित पौडेल र अशोक धामीले विकेट लिए।
- प्रतियोगितामा शीर्ष तीन टोली एसिया कपका लागि छनोट हुनेछन्।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।
जितका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो। उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए। बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए।
यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनायो। कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे। यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे। हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २÷२ विकेट हात पारे। आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए।
नेपालले यसअघि पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गर्यो। १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन्। जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण