रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु
सारांश
- रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु भएको छ, बाढीले क्षति पुर्याएको थियो।
- पहिलो चरणमा ७५ वटा कन्टेनर पार्किङका लागि ठाउँ बनाइने, दोस्रो चरणमा पनि त्यति नै।
- ढुवानी व्यवसायीले सडक मर्मतको माग गरेका छन्, पुल जीर्ण हुँदा जोखिम बढेको छ।
रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोला आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।
नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुरु भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निदेशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दास्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।
रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्नसक्ने गरी सुख्खाबन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट गरे ।
बाढीले रसुवागढी भन्सारको सुख्खाबन्दरगाहमा ६० प्रतिशत नोक्सान पुर्याएको जानकारी दिँदै प्रवन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताए ।
सुख्खाबन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराइले बिगिएको सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिए ।
बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएकाले २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने वातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् ।
यसैगरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घटृेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्याएकाले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथासक्य छिटो मर्मतसम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण