श्रीलङ्कामा बाढीमा परेर ५६ जनाको मृत्यु
शुक्रबार, १२ मङ्सिर २०८२, १० : ५४
सारांश
- भारी वर्षाका कारण श्रीलङ्कामा आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ र २१ जना बेपत्ता छन्।
- बदुल्ला जिल्लामा पहिरोमा २१ जनाको मृत्यु भएको छ भने बाढीले घरहरू बगाएको भिडियोहरू सार्वजनिक भएका छन्।
- दिटवाहा समुद्री आँधीको प्रभावले शुक्रबार मौसम थप खराब हुने सम्भावना रहेकोले श्रीलंकाले पूर्वतयारी गरिरहेको छ।
कोलम्बो । भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ता श्रीलङ्कामा वितण्डा मच्चाएको छ । यसमा परेर कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षमा देशको सबैभन्दा गम्भीर मौसम सम्बन्धी प्रकोपहरू मध्ये एक हो ।
विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का अनुसार, श्रीलङ्काको बदुल्लामा जिल्ला राति पहिरोमा २१ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरूमा बाढीको पानीले घरहरू बगाएको देखाइएको छ ।
प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको छ । यतिबेला दिटवाहा समुद्री आँधी देशको पूर्वी तटमा पुगेको छ । यसको प्रभावले शुक्रबार मौसम थप खराब हुने आशंकामा श्रीलङ्काले पूर्वतयारी गरिरहेको छ ।
दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनको रूपमा सुरु भएको थियो । पछि द्रुत गतिमा समुद्री आँधीमा परिणत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण