ह्वाइट हाउस नजिकै गोलीबारीमा घाइते भएका एक नेशनल गार्डको मृत्यु
शुक्रबार, १२ मङ्सिर २०८२, १० : ५१
सारांश
- वासिङ्टन डीसीमा भएको गोलीबारीमा घाइते भएका एक नेशनल गार्डको मृत्यु भएको छ, राष्ट्रपति ट्रम्पले जानकारी दिए।
- गोलीबारीमा घाइते भएका अर्का नेशनल गार्डको उपचार भइरहेको छ।
- प्रहरीले घटनाको आरोपमा अफगानिस्तानका एक व्यक्तिलाई पक्राउ गरेको छ।
वासिङ्टन डीसी । बुधबार भएको गोलीबारीमा घाइते भएका दुई नेशनल गार्डमध्ये एक जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुराको जानकारी दिएका हुन् ।
बिहीबार साँझ २० वर्षीया सारा बेकस्ट्रमको मृत्यु भएको ट्रम्पले बताएका छन् । आक्रमणमा घाइते भएका अर्का नेसनल गार्ड २४ वर्षीय एन्ड्रयु वुल्फ पनि जीवनको लागि संघर्षरत् रहेको बताइएको छ ।
बुधबार ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुई नेशनल गार्डमाथि गोलीबारी भएको थियो । यस मामिलामा प्रहरीले अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण