काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित
काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल र अर्जुन साउदले समान २१–२१ रनको योगदान गरे । त्यस्तै सोहिल तनविरले १८ रन जोडे । काठमान्डुका लागि रशिद खानले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै कप्तान करण केसी, शाहब आलम र दिपेश कँडेलले दुई–दुई विकेट लिए । काठमान्डुका सन्तोष यादवको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४२ रन बनाएको थियो । काठमान्डुका लागि सिम्पसनले ६० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका हुन् ।
त्यस्तै मिलिन्द कुमारले ४३ बालमा ५ चौकाको सहयोगमा ३८ रन बनाए । काठमान्डुका वेन चाल्र्सवेथले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका लागि सोहिल तनविरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २५ रन खर्चे । त्यस्तै रन्जित कुमार र कमल सिंह ऐरीले दुई–दुई विकेट लिँदा रवी बोपराले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै काठमान्डु ५ खेलबाट ६ अंक जोडेको छ । यता चितवनको ३ खेलबाट ४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण