बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानमा जिप दुर्घटना हुँदा १० जना घाइते

शुक्रबार, १२ मङ्सिर २०८२, १५ : ३९
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • सल्यानमा शैक्षिक भ्रमणमा गएको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
  • दुर्घटना बनगाड कुपिण्डे-८ आगानेटामा भएको थियो, जसमा विद्यार्थी र शिक्षक सवार थिए।
  • घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत । सल्यानमा शैक्षिक भ्रमणमा रहेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब १ बजेतिर बनगाड कुपिण्डे नगरपालिका–८ आगानेटास्थित भित्री सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप दुर्घटना भएको हो ।

उक्त जिपमा बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोलाका विद्यार्थी तथा शिक्षकहरू शैक्षिक भ्रमणका लागि सवार थिए । आगानेटाबाट कुपिण्डेतर्फ आउँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको सल्यान प्रहरीले जनाएको छ ।

जिपमा सवार २० जनामध्ये १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ । घाइतेमध्ये ३८ वर्षीय टोपेन्द्र केसीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको छ ।

दुर्घटनालगत्तै फरार भएका जिप चालक सल्यान कालिमाटी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले दिउँसो २ बजे नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक अब्दुल कलाम खाँको नेतृत्वमा प्रहरी टोली खटिएर उद्धार गरेको थियो ।

घाइतेहरूको विवरणः
१. टोपेन्द्र के.सी. (३८ वर्ष) – अवस्था गम्भीर (टाउकोमा चोट)
२. गोमा कुमारी के.सी. (३५ वर्ष) – अवस्था मध्यम
३. दिपेन्द्र थापा (४ वर्ष) – अवस्था मध्यम
४. बिष्णु रोका मगर (१९ वर्ष) – अवस्था सामान्य
५. कृष्णा वली (३५ वर्ष) – अवस्था सामान्य
६. गौरब वली (५ वर्ष) – अवस्था सामान्य
७. तेज ब. डाँगी (२५ वर्ष) – अवस्था सामान्य
८. निर्मला घर्ती (४२ वर्ष) – अवस्था सामान्य
९. ललिता डि.सी. (३७ वर्ष) – अवस्था सामान्य
१०. देव प्रसाद गौतम (२८ वर्ष, दैलेख) – अवस्था सामान्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप