७ वटा उद्योग र फर्मलाई कारबाही र निर्देशन
सारांश
- वाणिज्य विभागले सात उद्योग र फर्ममाथि कारबाही गर्यो र निर्देशन दियो।
- क्रिस्टल स्टोरलाई जरिवाना गरियो भने अन्यलाई सामान्य निर्देशन दिइयो।
- उपभोक्ता संरक्षण ऐन र नियमावलीअनुसार कारबाही गरिएको हो।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै निर्देशन दिएकाे छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी मापदण्ड विपिरत कार्य गरेकाे भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशनसहित कारबाही गरेकाे हाे ।
विभागको टोलीले तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई रु दुई लाख पाँच हजार, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई रु २० हजार, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई रु पाँच हजार कारबाहीस्वरुप जरिवाना गराएकाे छ ।
त्यसैगरी ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई टोलीले सामान्य निर्देशन दिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण