नास्टको ४९औँ प्राज्ञसभा सम्पन्न
सारांश
- नास्टको ४९औँ प्राज्ञसभा सम्पन्न भयो, जसमा विभिन्न कार्यक्रम र बजेट स्वीकृत गरियो।
- सभाले आगामी वर्षका लागि विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्ने योजना बनायो।
- प्रधानमन्त्रीले विज्ञान र प्रविधिको क्षेत्रमा भएको योगदानको स्वमूल्याङ्कन गर्न आग्रह गरिन्।
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४९ औँ प्राज्ञसभा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षतामा प्राज्ञसभा सम्पन्न भएको हो ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति महावीर पुनको उपस्थिति थियो । सभाले नास्टको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आव २०८२/८३ मा नास्टमा सञ्चालन गरिने कार्यक्रमहरू पनि स्वीकृत गरेको छ ।
सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ रु ३४ करोड ९४ लाख, पुँजीगततर्फ रु दुई करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट रु ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट रु दुई करोड २४ लाख ९५ हजार गरी कुल रु ४० करोड ४७ लाख ९५ हजारको वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ ।
प्राज्ञसभाले आव २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका विषयहरूमा ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ । ४९ औँ प्राज्ञसभाले नास्टबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरूलाई पुरस्कृत गर्ने निर्णय गर्यो ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले नास्ट स्थापनाको चार दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के–कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गरिन् ।
नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरूमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशीलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जानकारी दिए ।
नास्टका सचिव डा रवीन्द्रप्रसाद ढकालले कार्यसूचीहरू अनुमोदनका लागि प्राज्ञसभासमक्ष प्रस्तुत गरे । प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा डा विजया पन्तले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण