एमालेको ११औँ महाधिवेशनका लागि कर्णालीमा कसरी हुँदै छ प्रतिनिधि छनोट ?
सारांश
- नेकपा एमालेले ११औँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट गर्दै छ।
- कर्णालीका १० वटै जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत तरिकाले गर्ने तयारी छ।
- एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ, जसमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
सुर्खेत । ११औँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । सोहीअनुसार कर्णालीका १० वटै जिल्लामा प्रतिनिधि छनोटको काम सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले रातोपाटीलाई जानकारी दिए ।
कर्णालीका सबैजसो ठाउँमा प्रतिनिधि छनोट सर्वसम्मत तरिकाले छनोट गर्न लागिएको उनको भनाइ छ । ‘१० वटै जिल्लामा करिब करिब सर्वसम्मत रूपमा टुंगिने प्रक्रियामा छ,’ उनले भने, ‘अहिले शतप्रतिशत दाबी गर्दा कतै एक जिल्लामा निर्वाचन भइहाल्यो भने अर्को कुरा होला, तर हाम्रो अनुमान शतप्रतिशत मिल्ने देखिन्छ ।’
एकाध जिल्लामा निर्वाचन हुनुलाई अपवाद मान्नुपर्ने र अन्यथा कर्णाली प्रदेश सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश बन्ने उनको दाबी छ ।
अहिलेसम्मको जानकारीअनुसार हुम्लामा ४० वर्षमुनिका युवा र दलित सदस्यबाहेक अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेको शाहले बताए । अन्य जिल्लाका कतिपय ठाउँमा पनि आज बिहानै टुंगिएको तर सम्पर्क हुन नसकेकाले रेकर्ड आउन बाँकी रहेको उनको भनाइ छ ।
एमालेको एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । जसमा एमाले उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने देखिएको छ । कर्णालीमा यसको सामान्य प्रभाव पर्न सक्ने नेताहरू बताउँछन् ।
‘कर्णालीमा अहिले विद्या कमरेडतिर खासै कोही हुनुहुन्न,’ एक नेता भन्छन्, ‘पहिला वीरेन्द्रनगरको नगरप्रमुख रहेकी मोहनमाया ढकाललगायतका केही नेताहरू हुनुहुन्थ्यो, अहिले संस्थापन लाइनतिरै हुनुहुन्छ ।’ त्यसो हुँदा प्रतिनिधि छनोटमा खासै विवाद हुने वा समस्या आउने सम्भावना नरहेको ती नेताले बताए ।
महाधिवेशनमा एमाले कर्णालीले पदाधिकारीमा दाबी गर्ने बताएको छ । यसअघि नै पटक–पटक भएका पार्टीका बैठकहरूमा जसरी भए पनि एघारौँ महाधिवेशनमा पदाधिकारीमा कर्णालीको दाबी रहनुपर्ने नेताहरू बताउँदै आएका छन् ।
नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा अहिलेसम्म कर्णालीको सहभागिता हुन सकेको छैन । साङ्गठनिक र जनमतका हिसाबले कर्णालीमा एमाले बलियो भए पनि पार्टीभित्रको राष्ट्रिय राजनीतिमा उपेक्षामा पर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण