एक सातामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँ बढ्यो
सारांश
- एक हप्तामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँले वृद्धि भएको छ।
- चाँदीको मूल्य पनि एक सातामा २४५ रुपैयाँले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको पछिल्लो मूल्य सार्वजनिक गरेको छ।
काठमाडौँ । एक सातामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार अर्थात् मंसिर १२ गते तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि एक साताको अवधिमा २४५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य मंसिर ७ गते २ लाख ४४ हजार ६००, मंसिर ८ गते २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै मंसिर ९ गते २ लाख ४७ हजार ९०० र मंसिर १० र ११ गते २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै मंसिर ५ गते ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंसिर १२ गते ३ हजार ३४५ रुपैयाँ कायम हुँदै सातामा २४५ रुपैयाँ बढेको महासंघको भनाइ छ । जसअनुसार अनुसार मंसिर ७ गते ३ हजार १३५, मंसिर ८ गते ३ हजार ११५, मंसिर ९ गते ३ हजार २००, मंसिर १० गते ३ हजार २२० र मंसिर ११ गते ३ हजार २८० रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण