एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले ५२ रनको लक्ष्य पायो
शनिबार, १३ मङ्सिर २०८२, १२ : ५१
सारांश
- एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ५२ रनको लक्ष्य पाएको छ।
- मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो।
- खेल जित्ने टिम यु–१९ एसिया कपका लागि छनोट हुनेछ।
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएकाे छ । अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएकाे हाे ।
मलेसियाका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे, तर अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका नितिसकुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले १/१ विकेट लिए। खेल जित्ने टोली यु–१९ एसिया कपका लागि छनोट हुनेछ।
नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डि’का विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण