लघुकथा : अनौठो खुसी
सारांश
- श्रीमती र आमाको झगडापछि प्रहरी चौकीमा पुगेको घटना हो।
- श्रीमतीले आमालाई बोक्सी भनेपछि कुटपिट भएको थियो।
- अन्ततः मिलापत्र भयो र श्रीमानले उपचार खर्च तिरे।
‘तिम्रै आमा गतिली । मै हो यो घरमा अर्घेलो’, बिहानै श्रीमतीको सत्य प्रवचन आयो ।
‘तेरै जोईको पछ्यौरामा लुकेर बस । नामर्द !’, ओच्छ्यानबाट आमाको दिव्यवचन गुन्जियो ।
म लुरुक्क आम्खोरा समाए, अनि पाइखाना लागे । बिहानीको खाना खाईवरी लागे कार्यालयतिर ।
कार्यालय पुगेर एकैछिन कागज–पत्र के हेर्दै थिएँ, घरबाट फोनको घण्टी बज्यो ।
‘कता हो तिमी, छिट्टै प्रहरी चौकी आउ न !’
‘लौ बिताई !’, बाइकको कान बटार्दै सयको गतिमा पुलिस चौकी पुगे ।
हेर्छु, सासू–बुहारी दुवै एउटा कुनाको मेचमा शान्त लमतन्न पसारिएका छन् । उता अर्को पट्टीको मेचमा छिमेकी काकी ओठ सुन्याएर मेचमा डसमस बसेकी छन् । मलाई देख्ने बित्तिकै खाउँला गरि दुस्छर आँखाले हेरिन ।
‘के भयो ?’, श्रीमतीज्यूलाई मनिल अनुहार लगाएर सोधेँ ।
‘यसले आमालाई बोक्सी भनी । बङ्गरा झार्दिए ।’, उसले आवेगका ज्वाला ओकली ।
मेरो मनमा अनौठो शीतलता छायो । सासू–बुहारीको माया देखेर उत्पात हर्षित मुद्रामा उपचार खर्च बेहोर्दै प्रहरी चौकीमा सहमतिको औँठाछाप लगाएर निस्किएँ ।
(बागलुङ नगरपालिका– १०)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण