आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

लघुकथाः  सोच

शनिबार, १३ मङ्सिर २०८२, १४ : ४७
शनिबार, १३ मङ्सिर २०८२

दुइटी छोरी थिए पहिले । र, यो तेस्रो गर्भ ।

यस पटक जटिल थियो– सौरभीको प्रसूति ।

प्रणयले नै ल्याएको थियो– सौरभीलाई अस्पताल । र, पछि घरका अरू आएका थिए ।

अहिले सबै बाहिर छन् तर सौरभी अप्रेसन कक्षमा ।

नर्सले निसास्सिएको स्वरमा भनिन्– ‘आमा र शिशुमध्ये एउटा गुमाउनु पर्ने अवस्था देखा प¥यो । छिटो निर्णय गरेर के गर्ने हो भन्नुस् ।’

सबैले मुखामुख गरे ।

प्रणय नर्सको नजिकै पुग्यो ।

र, नर्सलाई मसिनो स्वरमा सोध्यो– ‘बच्चा छोरा हो कि छोरी ?’

–ईश्वर पोखरेलबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप