एमालेकाे ११ औँ महाधिवेशन : बागलुङबाट प्रतिनिधि सर्वसम्मत चयन
पोखरा । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि बागलुङबाट प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।
दुई निर्वाचन क्षेत्र र दलित क्लस्टरबाट नै प्रतिनिधिको छनोट गरिएको हो । क्षेत्र नम्बर १ बाट ६ जना, २ बाज ४ जना र दलित क्लस्टरबाट १ जना गरी ११ जना प्रतिनिधि चयन भएका छन् ।
क्षेत्र नम्बर १ बाट खुलामा हिराबहादुर खत्री, गणेश थापा र लालबहादुर थापा चयन भए । महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार चयन हुँदा युवाबाट सिर्जना पन्त सर्वसम्मत भइन् ।
यता क्षेत्र नम्बर २ बाट खुलामा भीम प्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दान बहादुर श्रीस सर्वसम्मत चयन भएका हुन् ।
दलित क्लस्टरमा धनबहादुर परियारको नाममा सहमति भएको छ । ११ जना प्रतिनिधि चाहिनेमा ३९ जनाले मनोनयन दर्ता गराएका थिए ।
सहमति नजुटेपछि प्रतिनिधि टुङ्ग्याउने जिम्मा नेतृत्वलाई दिइएको थियो । केन्द्रीय सदस्यहरू इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिराबहादुर खत्री र क्षेत्रीय संयोजक धनबहादुर परियारको समितिले नाम टुङ्गो लगाएको हो ।
प्रतिनिधि सर्वसम्मत चयन भएको भनिएपनि सामाजिक सञ्जालमा एकतर्फी गरिएको भन्दै आरोप प्रत्यारोप चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण