बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कप्तान दीपेन्द्रले दिलाए सुदूरपश्चिमलाई तेस्रो सफलता

शनिबार, १३ मङ्सिर २०८२, १६ : ०९
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले माज शदागदलाई तेस्रो विकेटकाे रूपमा गुमाएको हो । 

शदागदलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रले १२ रनमा बोल्ड आउट गराएका हुन् । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप