कांग्रेस–एमालेले जनतालाई धेरै हेपेका कारण देशमा ठुलो हावाहुरी आयो : वर्षमान पुन
दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरू स्वयंले भोगिरहेको बताएका छन् ।
दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्दा नियोजित रूपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको बताए ।
केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरुले संसद र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कुशासनका कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो ।
आफूहरूले त्यतिबेला जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठुलो हावाहुरी आउन सक्नेबारे सचेत पनि कांग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको पुनले स्मरण गरे । तर, जनताको असन्तुष्टिको नेतृत्व गर्न भने आफूहरू चुकेको उनले स्वीकार गरे । ‘सरकारमा बसेर हामीले सुशासनका लागि काम गर्न कोसिस गर्यौँ । नियोजित रूपमा सरकार ढालियो । कांगेस र एमालेका नेताहरूले यस्तै प्रकारको शासन सञ्चालन गरिराख्ने हो भने । जनतालाई जसरी हेपिराखिएको छ । जनताको असन्तुष्टिलाई आत्मसात् गरिएको छैन । यो अवस्थामा कुनै पनि बेला ठुलो हावाहुरी आउन सक्छ भनिराखेका थियौँ । आखिर त्यस्तै भयो’, पुनले भने, ‘यहीँनेर हाम्रो कमजोरी के भने भने हामीले व्याख्या गर्याैँ, विश्लेषण गर्याैँ तर जनताको त्यो असन्तुष्टिलाई नेतृत्व गर्न सकेनौँ ।’
पुनले जेनजी पुस्ताले उठाएको सुशासनको एजेन्डाहरूको सम्बोधन तथा लोकतान्त्रिक गणतन्त्र सुदृढ गरेर समाजवादसम्म पुग्ने उद्देश्यका साथ डेढ दर्जन कम्युनिष्ट घटकहरूबिच एकता गरिएको उल्लेख गरे । जेनजी आन्दोलनबाट आफूहरूले युवाहरूलाई पार्टी र राज्यका निकायको नेतृत्वमा ल्याउने शिक्षा प्राप्त गरेकाले सोहीअनुसार अघि बढ्न खोजिएको बताए ।
जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण तथा सडक र सरकारको मोर्चाको नेतृत्व गरेका प्रचण्ड र लामो समय शान्तिपूर्ण संसदीय मोर्चाका साथै सडक, सदन र सरकारको नेतृत्व गरेर खारिएका माधवकुमार नेपालको नेतृत्वमा अघि बढेको ध्रुवीकरणले नेपाली कम्युनिष्ट पार्टीलाई मूलधारको कम्युनष्टि पार्टी बनाउने दाबी उनको थियो । आगामी २१ फागुनमा घोषित मध्यावधि निर्वाचनमा आफ्नो दललाई पहिलो बनाउनबाट कसैले रोक्न नसक्ने दाबी पनि पुनले गरे ।
विगतमा भएको कम्युनिष्ट एकता एमाले अध्यक्ष केपी ओलीको निरङ्कुश र व्यक्तिवादी प्रवृत्तिका कारण टिक्न नसकेको भन्दै उनले त्यतिबेलाको शिक्षाबाट सिकेर अघि बढ्ने बताए ।
कम्युनिष्ट पार्टीले इतिहासमा पहिलोपटक पाएको बहुमत जोगाउन नसक्दा मुलुकमा लोकप्रियतावादी शक्तिहरूको उदय भएको पुनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण