कर्णालीमा एमाले महाधिवेशन प्रतिनिधि : रुकुम पश्चिममा चुनाव हुँदै, ७ जिल्लामा सर्वसम्मतिको तयारी
सुर्खेत । नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट कार्य तीव्र पारिएको छ । प्रदेशका १० जिल्लामध्ये दुई जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भइसकेका छन् भने ८ जिल्लाको नतिजा आइसकेकाे छैन ।
बाँकी रहेकामध्ये ७ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन हुने देखिएपनि रुकुम पश्चिममा भने निर्वाचन हुने भएको छ ।
एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहका अनुसार, शनिबार साँझ ५ बजेसम्म जाजरकोट र जुम्लामा प्रतिनिधि छनोट प्रक्रिया सर्वसम्मत रूपमा टुंगिसकेको छ ।
बाँकी रहेका जिल्लाहरूमा पनि सहमतिको प्रयास भइरहेको छ । अन्तिममा ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन हुने अध्यक्ष शाहले जानकारी दिए ।
रुकुम पश्चिममा भने आकाङ्क्षीहरूको व्यवस्थापन हुन नसक्दा लोकतान्त्रिक विधि (निर्वाचन) अपनाउन लागिएको छ । यहाँ मुख्य प्रतिनिधि (खुल्ला) तर्फ नन्दराम देवकोटा, टंक ओली र दिनेश चन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै, समावेशी क्लस्टरतर्फ पनि प्रतिस्पर्धा देखिएको छ। दलिततर्फ शशिराम नेपालीसहित दुई जना, महिलातर्फ दुई सिटका लागि तीन जना र युवातर्फ एक सिटका लागि दुई जना चुनावी मैदानमा छन् ।
अध्यक्ष शाहले रुकुम पश्चिममा भइरहेको प्रतिस्पर्धालाई पार्टीभित्रको गुटबन्दीका रूपमा नबुझ्न आग्रह गरेका छन् ।
उनले भने, ‘यो केपी ओली वा अर्को पक्ष भनेर भएको लडाइँ होइन, नेताहरूको व्यक्तिगत आकांक्षा हो । आकाङ्क्षी धेरै भएपछि लोकतान्त्रिक विधि अपनाइएको हो ।’
कर्णालीबाट ११३ जना प्रतिनिधि छनोट हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण