एमालेकाे ११ औँ महाधिवेशन : सिन्धुलीमा प्रतिनिधि चयनमा सहमतिको प्रयास
सिन्धुली । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आफ्नो पक्षमा आकर्षित गर्ने रणनीतिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सिन्धुलीमा चुनौती बढेको देखिएको छ ।
ओली निवास गुण्डु पुगेका जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले सिन्धुलीबाट आउने प्रतिनिधि आफूकै पक्षमा रहने विश्वास दिलाए पनि हालको परिस्थितिले त्यो दाबी कमजोर बन्दै गएको स्रोतले बताएको छ ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ओली पक्षको उपस्थितिलाई कमजोर मानिएको छ । निर्वाचन क्षेत्र नं. १ मा ९ मध्ये ८ जना प्रतिनिधि ईश्वर पोखरेल निकट समूहबाट सर्वसम्मत चयन भएका छन् भने ओली पक्षले केवल १ प्रतिनिधि मात्र सुनिश्चित गर्न सकेको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा पनि ओली समूहको प्रभाव न्यून रहेको पार्टी नेताहरूको मूल्याङ्कन छ । दुवै क्षेत्रमा चुनाव गराउँदा परिणाम प्रतिकूल आउने आकलन गर्दै ओली पक्षले सहमतिमार्फत प्रतिनिधि चयन गर्ने रणनीतिमा जोड दिएको देखिएको छ ।
जिल्ला अध्यक्ष श्रेष्ठले पनि निर्वाचन गराउँदा पार्टीभित्र अनावश्यक विवाद बढ्ने र सङ्गठन कमजोर हुने तर्क गर्दै सहमतिमै प्रतिनिधि छान्न दबाब दिइरहेको बताइन्छ ।
जिल्ला इन्चार्ज मनोजजंग थापाले सहमतिमार्फत प्रतिनिधि छनोट गर्न एक कार्यदल गठन गरेका छन् । उक्त कार्यदलले जिल्ला पदाधिकारी तथा वरिष्ठ नेतृत्वलाई समावेश गरेर महाधिवेशन प्रतिनिधि चयनमा सहमति जुटाउने प्रयास गरिरहेको बताइएको छ ।
सहमति नजुटेमा निर्वाचनमा जानुपर्ने परिस्थिति आउनेछ । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार निर्वाचन भएमा जिल्ला अध्यक्ष स्वयं पराजित हुनसक्ने जोखिमले पनि सहमतिको आवाज बढेको हो ।
सिन्धुली क्षेत्र नं. २ मा पनि प्रतिनिधि छनोट प्रक्रिया ओली पक्षकै आन्तरिक जटिलताले प्रभावित भएको र केही समयअघि बसेको बैठकसमेत स्थगित भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण