एक थान रिभल्बरसहित एकजना पक्राउ
शनिबार, १३ मङ्सिर २०८२, २० : ३९
सारांश
- प्रहरीले एक थान रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्ने व्यक्ति मकवानपुरका सन्तोष गुरुङ हुन् ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रहरीले एक थान रिभल्बरसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले सन्तोषलाई उक्त रिभल्बरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण