अभिषेक शर्माको विष्फोटक ब्याटिङ : १२ बलमा अर्धशतक, ३२ बलमा पूरा गरे शतक
सारांश
- अभिषेक शर्माले ३२ बलमा शतक प्रहार गर्दै टी-२० क्रिकेटमा नयाँ कीर्तिमान बनाए।
- सैयद मुश्ताक अली ट्रफीमा पञ्जाबबाट खेल्दै उनले बंगालविरुद्ध विष्फोटक ब्याटिङ गरे।
- अभिषेकले ५२ बलमा १४८ रन बनाए, जसमा १६ छक्का र ८ चौका सामेल थिए।
नयाँ दिल्ली । भारतीय क्रिकेटर अभिषेक शर्माले आइतबार विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा शतक पूरा गरेका छन् ।
आइतबार घरेलु टी–२० क्रिकेट प्रतियोगिता ‘सैयद मुश्ताक अली ट्रफी’मा पञ्जाब टिमबाट खेल्दै अभिषेकले बंगालविरुद्ध विष्फोटक ब्याटिङ गरे ।
हैदरावादको जिमखाना मैदानमा भएको खेलमा अभिषेकले ३२ बलमा ११ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरे । उनले कुल मिलाएर ५२ बलमा १४८ रन बनाए । यस क्रममा उनले १६ छक्का र ८ चौका प्रहार गरेका थिए । टी–२० क्रिकेटमा अभिषेकको यो आठौँ शतक हो ।
सोही म्याचमा अभिषेकले १२ बलमै अर्धशतक प्रहार गरेका थिए । पुरुष टी–२० मा यो संयुक्त रूपमा दोस्रो तीव्र अर्धशतक हो । यसअघि भारतकै युवराज सिंहले इंग्ल्याण्डका विरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए ।
पुरुष टी–२० क्रिकेटमा सबैभन्दा तीव्र अर्धशतक बनाउने कीर्तिमान नेपालका दीपेन्द्र सिंह ऐरीका नाममा छ । उनले सन् २०२३ मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाएका थिए ।
यो कीर्तिमानको दोस्रो नम्बरमा भारतका आशुतोष शर्मा छन् । उनले घरेलु प्रतियोगितामा रेलवेका तर्फबाट अरुणाचल प्रदेशविरुद्ध ११ बलमा अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण